सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको साउन १० गते बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।
रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । रेग्मी यसअघि बैंककै सिनियर डेपुटी सीईओ थिए ।
हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध भएका थिए ।
उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा धेरैको अनुभव छ ।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा