सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ साउन । शेयर बजार नेप्से आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो ।
नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
आज ३ सय १७ वटा कम्पनीका कारोबार ३ करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा