सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,श्रावण ४ । विनय मोहन क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त भएका छन् ।
भारतको मन्त्रिपरिषद्को बैठकले उनलाई अमेरिकाका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
लामो समय भारतीय विदेश सेवामा कार्यरत क्वात्रा २०७६ माघमा राजदूत भएर काठमाडौं आएका थिए । त्यसअघि उनी फ्रान्सको राजदूत पनि भएका थिए ।
भारतीय विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा विनय मोहन क्वात्राको नियुक्तिको पुष्टि गरेको छ । अब छिट्टै उनले पदको जिम्मेवारी सम्हाल्नेछन् ।
भारतका विदेश सचिवको हैसियतमा विनय मोहन क्वात्राले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतको अडानलाई दृढतापूर्वक प्रस्तुत गरेका छन् ।
विनय मोहन क्वात्रा १९८८ ब्याचका भारतीय विदेश सेवा अधिकारी हुन्, जसलाई मोदीले बढी विश्वास गर्ने अधिकारीहरू मध्ये एक मानिन्छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा