सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० असार । प्रतिबन्धित लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् ।
उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरेको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो ।
बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिएका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा