सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , २१ अषाढ । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षका राजाराम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट लेनदेन मुद्दामा एक वर्ष कैद र बिगो ५० लाख रुपैयाँ फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा पठाइएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा