सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , २१ अषाढ। नेपाल क्रिकेट संघ ९क्यान० ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण ९सेन्ट्रल कन्ट्राक्ट०मा राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो ।
उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । टी–२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ ।
बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा