सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ असार । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२०.८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२०.८० पैसाका दरले आवेदन दिनु पर्नेछ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । बुक बिल्डिङ्ग निर्देशिकाको व्यबस्था बमोजिम संस्थागत लगानीकर्ताको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट दिने व्यबस्था बमोजिम प्रतिसेयर मूल्य ८२०.८० पैसा कायम भएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। जसअनुसार कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।
लगानीकर्ताले साउन १० गतेसम्म कम्पनीको शेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा