सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएका छन् ।
बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल आज केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका हुन्।
केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन्। उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन्।
बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ। प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ।
उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा