सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,अषाढ १७। सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले, चलचित्र मनोरञ्जनको साधनको रुपमा मात्र नभई महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यमको रुपमा पनि बुझ्न आवश्यक रहेको बताएकी छिन् ।
आइतबार नेपाल चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, चलचित्रको विकासको लक्ष्य र नीतिलाई परिणाममा पु¥याउने काम चुनौतीपूर्ण रहेको बताइन् ।
उनले भनिन्, ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन् । महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यम हो भन्ने हामी सबैले बुझेका छौं । पछिल्लो समयमा आउँदा हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भनेर जुन लक्ष्य लिएका छौं, नीति लिएका छौं । त्यसलाई हामीले कसरी परिणाममा पु¥याउने भन्ने हाम्रा बीचका चुनौती हुन्, चलचित्र बोर्डका आगामी दिनका कार्यभारहरु हुन् ।’
उनले चलचित्रकर्मीहरुले व्यक्तिगत जीवनमा भोगेको समस्याहरु समाधानका लागि चलचित्र विकास बोर्डले कोष स्थापना गरेको भन्दै धन्यवाद दिइन् ।
उनले भनिन्, ‘चलचित्र क्षेत्रका जुन समस्या छन् । चलचित्रकर्मीहरुले व्यक्तिगत रुपमा भोग्नु परेका जुन समस्याहरु छन् । उहाँहरूलाई कसरी सम्मान गर्न सकिन्छ राज्यको तर्फबाट भन्ने विषयमा । चलचित्र विकास बोर्डले आफ्नै पहलमा जुन कोष स्थापना गरेर दुःखमा साथ दिने प्रयत्न गर्नु भएको छ, त्यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा