सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, १६ असार। प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ ।
आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।
उनीहरुमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ ।
प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा