सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ११ असार। कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।
३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै, खेलको ४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।
जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ । अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा