सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० असार । साताको पहिलो दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । आज सोमबार शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ ।
यसदिन ३ सय २२ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
यसदिन नेपाल फाइनान्स र गणपति लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने ७ प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा