सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ असार । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्तगर्ने भएका छन् ।
बैंकका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका हुन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको छ ।
सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले अमेरीकामा आधारित कोडिङ शैक्षिक संस्था को अधिकृत साझेदार मेन्टोरल्याव ईडिएक्स ले प्रभाह गर्ने सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् । मेन्टोरल्याव ईडिएक्सले बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ % र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा