सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ६ गते। रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
पुटिनको भ्रमणमा दुइ देशले सात बूँदे सहमति जारी गर्दै
कुनै पनि देश विरुद्ध आक्रामकताको अवस्थामा तत्काल पारस्परिक सहयोग प्रतिवध्दता पनि प्रकट गरेका छन् ।
देशहरु विरुध्द आक्रामकताको खतराको अवस्थामा, आफ्ना स्थानहरू समन्वय गर्ने उपायहरूमा सहमत भएका छन् ।
रुस र उत्तर कोरियाले द्विपक्षीय व्यापारलाई बढावा दिन र आर्थिक सहयोगका लागि अनुकूल अवस्था सिर्जना गर्ने प्रयास गर्नेभएका छन् ।
त्यसैगरी मस्को र प्योङयाङ अन्तरिक्ष अन्वेषण, आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग, एआई, र आईटी क्षेत्रमा सहयोग विकास गर्न सहमत भएका छन् ।
दुइ देशले ‘विकृत सूचना र सूचना उत्तेजकहरू’ लाई रोक्न आमसञ्चारको क्षेत्रमा सहयोगलाई बलियो बनाउने पनि सहमति गरेका छन् ।
रसिया र उत्तर कोरियाले युद्ध रोक्न र शान्ति सुनिश्चित गर्न रक्षा क्षमतालाई बलियो बनाउन नयाँ उपायहरूको प्रणाली सिर्जना गर्ने सहमति गरेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा