सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ असार । साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैंयाले बढेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा