सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,३ असार। सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) सचिव दिनेश कुमार घिमिरेले समस्याहरुलाई आपसी समझदारीमा समाधान गर्दै उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नुपर्ने बताए ।
उनले भने, ‘यो क्षेत्रमा जति पनि समस्या आएको छ त्यो समस्या समाधान गर्नको लागि हामी अगाडि बढौं । मूल रुपमा उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नेगरी सहमति बनेको छ । समस्याहरुलाई आपसी समझदारीबाट टुङ्गाउँदै लैजाने कुरामा एकमत छौं ।’
यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले पनि १५ दिनभित्र माग पूरा नभए देशभरबाट ट्याकंरमा इन्धन लोड बन्द गर्ने चेतावनी दिंदै त्यहाँसम्म जान नपरोस भनेर नै सहमति गरेको बताए ।
उनले भने, ‘हाम्रो सम्पूर्ण मागहरु पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । त्यसका लागि नेपाल पेट्रोलियम ट्यांकर चालक संघलगायत सबैको तर्फबाट धन्यवाद दिन चाहन्छौ । साथै हाम्रा माग १५ दिनभित्र पूरा होस । हामी सडकमा आउन नपरोस । यदी माग पूरा भएन भने देशभर इन्धन लोड बन्द गर्नेछौ । त्यहाँसम्म जान नपरोस भन्ने इच्छा छ ।’
टयांकर चालक संघले सात बुँदे मागलगायत सम्बन्धित क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्नेगरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) का संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।
यस्तै, नेपाल आयल निगमले व्यवसायीहरुलाई दिंदै आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने, आजैदेखि टयांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने र विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति पनि भएको छ ।
सहमतिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र चालक संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरेका छन् ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिव एवं निगम संचालक समिति, नेपाल आयल निगम लिमिटेडका अध्यक्ष दिनेश कुमार घिमिरे, निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था), ई. वीरेन्द्र गोईत, निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक पूर्णप्रसाद रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरे, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका अध्यक्ष चिजकुमार ढकाल र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनका अच्युत बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा