सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३२ जेठ । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले घटेर १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा