सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन् ।
त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
त्यस्तै अर्थमन्त्री पुनले टिस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताए ।
त्यस्तै उनले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा