सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। कार्कीले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन् ।
शुक्रबार नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख प्रशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् ।
त्यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैँले राखेका छन् ।
राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा