• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

      लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

      टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

      हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

      रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

      मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

      १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

      भारत–पाकिस्तान युद्ध विराम :राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

      सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

      नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

      शिव सेना नेपालका अध्यक्ष पक्राउ

      हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

      यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

      एनएमबि बैंक को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

    होमपेज / पत्रपत्रिका

    अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख १४, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४४ पटक पढिएको
  • काठमाडौं । वाइडबडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्दा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । तर, आयोगका प्रमुख प्रेमकुमार राईले आफैंले गरेको निर्णय भने देखेनन् ।

    वाइडबडी जहाज खरिदको निर्णय गराउँदा निगम सञ्चालक समिति अध्यक्ष रहेका राई, सञ्चय कोषबाट ऋण प्रवाह गर्दा कोषको अध्यक्ष आफैं थिए । २ वैशाख २०७३ मा निगम सञ्चालक समिति बैठकले वाइडबडी खरिदका लागि उपसमिति बनाउँदा उनै पर्यटन मन्त्रालयका सचिव थिए । ३१ साउन २०७३ मा ‘ब्राज्ड न्यु’ जहाज खरिदका नाममा हजार घन्टासम्म चलिसकेको पुरानो विमान खरिद गर्न सकिने सिफारिस गरिएको थियो ।

    सिधै एयरबससँग नभइ बिचौलिया कम्पनीसँग जहाज किन्ने प्रयोजनका लागि यस्तो पृष्ठभूमि बनाइएको थियो । दुईवटा बाइडबडी विमान २० करोड ९६ लाख डलरमा खरिद गर्ने सहमति भएनुसार ८ करोड सुरुमै बुझाइएको थियो । विमानको मूल्य उत्पादक कम्पनी एयरबसबाट लिएर तुलना गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै महालेखापरीक्षकले यस विषयमा प्रश्न उठाएको थियो ।

    जहाज औसत दिनमा १४ घन्टा उड्छ, त्यसैले हजार घन्टा उड्न जम्मा ७१ दिन लाग्छ । यसरी नयाँ जहाज होइन, जम्मा ७१ दिन उडेको जहाज किन्ने भनेर निर्णय हालका प्रमुख आयुक्त प्रेमकुमार राई तत्कालीन पर्यटन मन्त्रालयको सचिव हुँदा गराएका थिए ।

    सर्वसाधारणले बचत गरेको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण लिएर वाइडबडी जहाज किन्दा सरकारले जमानी बस्ने निर्णय गरेको थियो । त्यतिबेला सरकार जमानी बस्ने निर्णय त भयो, तर सञ्चय कोषले शंकास्पद कागजका कारण ऋण दिन मानेको थिएन । सञ्चय कोषले आफ्नो ऋण डुब्ने जोखिम देखेपछि ऋण निकासा गर्न इन्कार गरेको थियो ।

    निगमले विमान खरिदका लागि जुन प्रक्रिया अपनाएको थियो, सञ्चय कोषले निगमसँग जहाज खरिदसम्बन्धी कागजात अध्ययन गर्दा ट्याक्स हेभन मुलुक आयरल्यान्डमा १ युरोमा खडा गरिएको हाई फ्लाई एक्स कम्पनीसँग विमान किन्ने र त्यसबापतको पैसा भुक्तानी लिन इस्क्रो अकाउन्ट (पैसा पठाउन नियुक्त गरेको अर्कै एजेन्ट) खोलेको भेटेपछि कोषले ऋण प्रवाह गर्न मानेन ।

    सरकारले जमानी बस्दा पनि सञ्चय कोषले दुई महिनासम्म ऋण प्रवाह गर्न मानेन । कोषले विश्वसनीय आधार खोज्दै ऋण नडुब्ने सुनिश्चितता खोजेको थियो । कोष सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राई भएर आएपछि उनले निर्णय गराएर दुई दिनमै ऋण प्रवाह भएको थियो ।

    लामो समयदेखि रोकिएको कर्जा खुलाउनका लागि निगमले सञ्चय कोषसँग २८ जेठ २०७४ मा एउटा सम्झौता गरेको थियो, जुन सम्झौताको ९.३ बुँदामा भनिएको थियो ‘जहाज निर्माता कम्पनीको जहाज अर्डर सूचीमा निगमलाई उपलब्ध गराउने जहाज रहेको पुष्टि गर्ने आधिकारिक विवरण प्रमाणित गरी कोषबाट कर्जा प्रवाह हुनुपूर्व निगमले कोषलाई उपलब्ध गराउनेछ ।’ सञ्चय कोषले त्यतिबेला विश्वसनीय प्र्रमाणबिनै ४ अर्ब १६ करोड रुपैयाँ कर्जा दिने निर्णय गरेको थियो ।

    सम्झौतामा किटान गरिएका सर्तबमोजिमका प्रमाण नहुँदा पनि कर्जा प्रवाह गर्दा सञ्चय कोष सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राई थिए । प्रमुख राईले जहाज खरिद शंकास्पद रहँदारहँदै सञ्चय कोषबाट ऋण दिन सहमत गराएका थिए । सुरुमा पर्यटन मन्त्रालयमा सचिव हुँदा जहाज खरिदका क्रममा सचिव रहेका राई पछि सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष भएर आएपछि ऋण प्रवाह गरिदिएका थिए ।

    सात सदस्यीय सञ्चालक समिति रहेकामा राईसहित सञ्चालकहरू डिल्लीराज शर्मा, गंगाबहादुर गुरुङ, किरणकुमार श्रेष्ठ र दीपक रौनियारले कर्जा निकासा गर्ने निर्णयमा हस्ताक्षर गरेको कागजातबाट देखिन्छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्य विदेशमा थिए । २९ जेठमा निगमले चलानी नम्बर ४३–६१३ बाट कोषलाई सम्झौता मुताबिक कर्जा दिन अनुरोध गर्दै पत्र पठाएको थियो । लामो समय ऋण प्रवाह नहुँदा विमान खरिदका लागि निगमले पटकपटक ताकेता गरेको थियो ।

    तर, सञ्चय कोषले निगमसँग जे प्रमाण खोजेको थियो, सो प्रमाण भने पाउन सकेन । अध्यक्षमा राई आएपछि ३० जेठ २०७४ मा सञ्चय कोषले ‘निगमको जिम्मेवारीमा’ भन्दै कर्जा भुक्तानी दिएको थियो । त्यसपछि निरन्तर रूपमा कोषले २५ अर्बभन्दा धेरै रकम प्रवाह गरेको थियो । यसरी प्रमाणबिनै ऋण दिने सञ्चालक समितिका कसैलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कदम अघि बढाएन । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    आज २०८२ वैशाख २१ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    पेस्तोल र गोली सहित युवक पक्राउ

    महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप बन्दै

    कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

    कोहलपुर– सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन

    आर्मी र गण्डकी महिला हक्की प्रतियोगिताको उपाधिनजिक

    जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब र्‍याली

    अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक

    आर्थिक

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

    एनएमबि बैंक को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    setokhabar@gmail.com
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑