सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।
नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले पहिलो् चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए ।
बुधबार विहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा