सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ बैशाख । नयाँ वर्षको पहिला ेकारोबारको दिन २ अंङ्क भन्दा धेरैले घटेको शेयर बजार दोस्रो दिन दोहोरो अंङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा झरेको छ ।
यसदिन ३१४ वटा कम्पनिको ७२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा