सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, १४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार पार्टी कार्यालय टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
नाउपाले केन्द्रको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय गरेसँगै समर्थन फिर्ता लिएको हो ।
२१ जना केन्द्रीय सदस्यमध्ये बैठकमा १२ जना मात्रै सहभागी थिए ।
पार्टीका संरक्षक रेशम चौधरी देश बाहिर हुनुहुन्छ ।
नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सुदुरपश्चिम प्रदेशमा सरकार फेरिने निश्चित भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा