सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सन् २०२४ को पहिलो चन्द्रग्रहण मार्च २५ मा लाग्दैछ । यसपटक चन्द्रग्रहण र होली दुवै सँगै हुनेछन् । अर्थात् होली चन्द्रग्रहणको छायाँमुनि हुनेछ । वैदिक ज्योतिषका अनुसार १०० वर्षपछि होलीमा फेरि चन्द्रग्रहण लाग्ने छ । २५ मार्चमा चन्द्रग्रहण बिहान १०.२३ बजे सुरु हुनेछ र०३.०२ बजे सम्म रहनेछ। यसअघि सन् १९२४ मा होली र चन्द्रग्रहण भएको थियो । यो वर्षको पहिलो चन्द्रग्रहण पेनम्ब्रल चन्द्रग्रहण हुनेछ जुन करिब ४ घण्टासम्म रहनेछ । होली र चन्द्रग्रहण एकै दिन हुने भएकाले यसको प्रभाव कतिपय राशिमा शुभ रहनेछ ।
मेष राशि
ज्योतिष शास्त्र अनुसार मेष राशिका व्यक्तिहरुका लागि चन्द्रग्रहण शुभ रहनेछ । काममा सफलता मिल्नेछ । आर्थिक लाभको विशेष अवसर मिल्नेछ । नोकरी र व्यापारमा तपाईको सबै प्रयास फलदायी हुनेछ। तपाईलाई राम्रो भाग्य मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ ।
वृष राशि
वृष राशिका लागि चन्द्रग्रहणले शुभ फल दिनेछ । धन सम्पतिमा वृद्धि हुने सम्भावना छ । जुनसुकै काममा सफलता पक्कै मिल्नेछ । तर व्यापार व्यवसायमा संलग्न व्यक्तिहरूले केही विशेष सावधानी अपनाउनुपर्नेछ। आम्दानीका स्रोत बढ्नेछन् । जागिरमा पदोन्नति र तलब वृद्धिको सम्भावना छ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूले वर्षको पहिलो चन्द्रग्रहण र होलीको संयोगले विशेष सुख प्राप्त गर्नेछन् । तपाईको आत्मविश्वास बढ्नेछ। परिवारमा तपाईको लागि केहि विशेष प्रकारको कार्यक्रम आयोजना हुन सक्छ। जागिर र व्यापारको दृष्टिले आगामी समय राम्रो रहनेछ। कार्यस्थलमा आफ्ना अनुभवहरूको पूर्ण लाभ उठाउनुहुनेछ।
धनु राशि
होलीमा लाग्ने चन्द्रग्रहण धनु राशिका लागि निकै लाभदायक हुनेछ । काममा राम्रो सफलता मिल्नेछ । भाग्यमा वृद्धि हुनाले हरेक काममा सफलता मिल्नेछ । रोजगारी भएका व्यक्तिहरूले नयाँ कामको अवसर पाउन सक्छन्। भौतिक सुखसुविधा बढ्नेछ।
मकर राशि
वर्षको पहिलो चन्द्रग्रहण तपाईका लागि सकारात्मकता ल्याउँदैछ। आर्थिक लाभको राम्रो सम्भावना छ । काममा राम्रो नतिजा मिल्नेछ । मान सम्मान र आत्मविश्वास बढ्नेछ। कतैबाट अचानक धन आर्जन हुन सक्छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा