सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ माघ । उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको एसआई युकेले देशका विभिन्न शहरमा ‘युके एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फेब्रअरी ३ देखी ९ तारिखसम्म देशका प्रमुख शहरहरुमा युके एजुकेसन फेयर गर्ने एसआई युकेले जानकारी दिएको छ ।
युकेको विश्वविद्यालयहरूको भौतिक शैक्षिक वातावरण, पूर्वाधार, शैक्षिक स्तर, फी स्टक्चर, छात्रवृत्ति लगायत बेलायतको नियम कानुन सम्बन्धि जानाकारी दिन एजुकेशन फेयर सञ्चालन गर्न लागिएको एसआई युकेका कन्ट्री डाइरेक्टर विनय अधिकारीले जानकारी दिए ।
फेयरमा युकेका ३५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने र उनीहरुसँग विद्यार्थीले प्रत्यक्ष परामर्श लिन सक्ने अधिकारीले बताए । उनले भने, ‘पछिल्लो समय युके सरकारले ल्याएको नीतिले विद्यार्थीहरुलाई कुनै फरक पार्दैन, बजारमा प्रचार भैरहेको जस्तो अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन, तर ब्याचलर र मास्टर्स प्रोग्राममा जान चाहनेले डिपेन्डेन्ट लान पाउने छैनन् ।’ युके पढ्नकै जाने विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य रहेको पनि उनले बताए ।
निर्देशक अधिकारीले सिप सिकेर गएका विद्यार्थीहरूले गएको केहि दिनमै काम पाएको र पढाइको बिचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको बताए । उनले विद्यार्थीलाई सीप सिकेर मात्रै विदेश अध्ययनमा जान जोड दिए ।
त्यस्तै एसआई युकेका कन्ट्री मेनेजर नन्दन सिंहले शैक्षिक मेलाको महत्व र आवश्यकता सम्बन्धि जानकारी गराए भने सिनीयर कन्सल्टेन्ट नितेश खतिवडाले युके एजुकेसन फेयर २०२४ लाई सफल बनाउन आग्रह गरे ।
यस्तै शैक्षिक मेलाको तयारीको बिषयमा केन्द्रीत रहदै एसआई युके नेपालका अइटी अफिसर सोयल आलमले प्राविधिक रुपमा फेयरको तयारी पूरा भएको जानकारी दिए ।
एजुकेशन फेयर एसआई युकेको पुतलीसडकस्थीत केन्द्रीय कार्यालय काठमाडौंमा फेब्रअरी ३ मा हुनेछ भने पोखरामा ५ तारिख, बुटवल ७ तारिख र चितवनमा ९ तारिखका दिन हुने फेयरमा युकेका ख्यातीप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा