सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ माघ । रोयल एजुकेसन फाउन्डेसनले यु एस ए क्यानडा एडमिसन डे २०२४ सफलतापुर्वक सम्पन्न गरेको छ ।
जनवरी २६ तारिकका दिन आफ्नै कार्यालय परिशरमा आयोजित उक्त एडमिसन डेमा यु एस ए र क्यानडामा अवस्थित विश्वप्रसिद्ध उत्कृष्ट कलेज, युनिभसिर्टी तथ शैक्षिक संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
उत्त एडमिसन डेमा यु एस ए क्यानडा अवस्थित करिब १ दर्जन भन्दा बढि शैक्षिक संस्थाहरुको उपस्थिती रहेको थियो जसमा विधार्थीहरुले युनिभसीर्टी तथा कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा आफनो जिज्ञासा प्रस्तुत गरेको थिय । त्यस्तै एडमिसन डेमा अन्तराष्ट्रिय शिक्षाको अवसर, भिषा प्रक्रिया, कलेज तथा युनिभसिर्टीको करिकुलम, छात्रवृति तथा अध्यन पश्चातको विभिन्न अवशर लगाएतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
एडमिसन डेमा विधार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित विधार्थीहरुले एकै स्थानबाट यु एस ए र क्यानडामा अवस्थित विश्वप्रसिद्ध उत्कृष्ट कलेज, युनिभसिर्टी तथा शैक्षिक संस्थाहरुको बारेमा बुझने मौका पाएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेको थिय ।
पछिल्लो समय नेपाली विधार्थी तथा अभिभावकहरुमा यु एस ए र क्यानडा लाई शैक्षिक गन्वयको रुपमा रुचाइरहेको अवश्थालाई मध्यनजर गर्दै आयोजना गरेको यु एस ए क्यानडा एडमिसन डे २०२४ सफलतापुर्वक सम्मपन्न भएकोमा खुसी व्यक्त गर्दै रोयल एजुकेसन फाउन्डेसनले सम्पुर्ण सहभागी तथा सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।
रोयल एजुकेसन फाउन्डेसनले विगत लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्शको सेवा प्रदान गर्दै आईरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा