सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ माघ । आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको कुल व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार कायम भएको छ । यो गतवर्षको तुलनामा २ दशमलव ६२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कुल व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रहेको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार गत साउनदेखि पुससम्ममा आयात पनि घटेको छ भने निर्यात पनि घटेको छ ।अघिल्लो वर्षको ६ महिनाको तुलनामा आयात ३.०९ प्रतिशतले तथा निर्यात ७.२३ प्रतिशतले घटेको हो ।
चालू आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष यसै अवधिसम्म ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विभिन्न देशबाट ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । पुस मसान्तसम्म नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रूपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो ।
भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ प्रतिशत छ भने निर्यातको हिस्सा ९ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा धेरै भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजारबराबरको व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाखबराबरको आयात भएको छ । यो अवधिमा भारततर्फ भने ५० अर्ब ४४ करोड ५१ लाख ९९ हजारको निर्यात भएको छ ।
यसैगरी, चीनसँगको व्यापा घाटा पनि बढेर १ खर्ब ४५ अर्ब ७९ करोड कायम भएको छ । चीनबाट १ खर्ब ४७ अर्ब ३९ करोडको आयात हुँदा चीनतर्फ भने १ अर्ब ६० करोड ६३ लाखको मात्र निर्यात भएको छ ।
६ महिनामा संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोडको व्यापार घाटा रहेको छ । युद्धग्रस्त युक्रेनसँग मात्रै ९ अर्ब ९६ करोडको व्यापार घाटा छ । यसैगरी मलेसियासँग आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ । व्यापार घाटा भएका अन्य मुलुकमा क्रमशः अस्ट्रेलिया, इन्डोनेसिया, अर्जेन्टिना, फ्रान्स, थाइल्यान्ड, ओमान, जापान, साउदी अरेविया, यूके, भियतनाम, सिंगापुर, ताइवान, कोयरया, बेल्जियम, क्यानाडा रहेका छन् ।
व्यापार नाफा भएका मुलकुमा भने संयुक्त राज्य अमेरिका, डेनमार्क, नर्वे, माल्दिभ्स, ल्याटिभा, अफगानिस्तान, मौरिसस, माल्टा, न्यू क्यालेडोनिया, आइसल्यान्ड, क्रोयसियालगायका रहेका छन् ।
६ महिनामा नेपालले अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात भएको छ भने ८ अर्ब ३३ करोड ९९ लाख ६७ हजारबराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ ।
भन्सार विभागका अनुसार छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाखबराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, २५ अर्ब ४५ करोडबराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
चालू आर्थिक वर्षमा निर्माण सामग्री सिमेन्ट र अर्धतयारी सिमेन्ट (क्लिंकर) को निर्यात उल्लेख्य बढेको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ७६ करोड ३३ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।
६ महिनामा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको तथ्यांक छ । यसैगरी, नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सयवटा विद्युतीय गाडी आयात भएका छन् ।
यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँका १७ सय ४९ थान विद्युतीय गाडी आयात भएका थिए ।
चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा १० लाख १५ हजार २८६ स्मार्टफोन भित्रिएका छन् ।
यी फोनको मूल्य १५ अर्ब ५ करोड २७ लाख रुपैयाँ छ । यसबापत सरकारले २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा