सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पताहरुमा उपचार भईरहेको र केहीको डिस्चार्ज भइसकेको र गम्भिर घाइतेहरुको हवाई सेवा मार्फत् उद्धार गरी सुर्खेत, नेपालगञ्ज तथा काठमाडौंमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
भूकम्प प्रभावित क्षेत्रमा पीडित परिवारलाई तत्काल राहतका लागि खाद्य तथा गैरखाद्य सामाग्री व्यवस्थापन गरिएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा