सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, १७ कार्तिक । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङका गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । उप्रेतीको लागि भने राजकीय जिम्मेवारीको यो पहिलो अवसर हो ।
एमालेको समर्थनमा आफ्नै पार्टी कांग्रेसभित्र बिद्रोह गरेको शेखर कोइराला समूहबाट गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा यसअघि एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् ।
चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् । तर एमालेले सरकारबाट बाहिरिने तयारी गरिरहेको जनाइएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा