सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, २७ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ।
आज प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्ने प्रदेश सांसदले गरेका सनाखतमा कार्कीले बहुमत पाएका हुन् । उनको पक्षमा ४७ जना सांसदले सनाखत गरेका छन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा