सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, २६ असोज । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू हुल बाँधेरै प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् । यसैबीच कार्कीले दुईजना कांग्रेस सांसद थपिएको दाबी गरेका छन् । उनले नाम भने उल्लेख गर्न चाहेनन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा