सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ असोज । आज कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेको स्रोतले बतायो ।
उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेका छन् । सबै मन्त्री एमालेबाटै थप्ने तयारी रहेको बताइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतले पनि मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ।
संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ । मन्त्री बन्ने सम्भावना भएका नेताहरूमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई रहेका छन् ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा