सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ भाद्र । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन एमाले मुख्यालय च्यासल ललितपुरमा पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि दलहरुका शिर्ष नेता, नेताहरुको भिड लागेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउदै श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले एमाले मुख्यालय च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जलि दिएका हुन् ।
श्रद्धाञ्जली सभामा एमाले अध्यक्ष ओली लगायत पार्टीका सबै नेताले नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिएका हुन् । नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी मुख्यालयमा एमालेसहित अन्य दलका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।
नेम्वाङको आज बिहान १ः४० बजे हृदयघातबाट त्रि।वि शिक्षण अस्पतालमा निधन भएको हो । उनको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि र सार्वजनिक विदा दिने सरकारले निर्णय गरिसकेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा