सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २५ भाद्र । आइतबार बेलुका क्रिकेटर आशिफ शेखविरुद्ध यौन दुर्ववहारसम्बन्धी उजुरी परेको समाचार भाइरलै बन्यो । भर्खरै एसिया कप खेलेर फर्किएका शेख विरुद्ध महानगरीय प्रहरी वृत्त कालिमाटीमा एक युवतीले निवेदन दिएको समाचारहरुमा उल्लेख थियो ।
त्यसकै केही समयपछि ती युवतीले दिएको भनिएको निवेदनको फोटोसमेत सामाजिक सञ्जालमै भाइरल छ । प्रहरी चौकी काठमाडौंलाई सम्बोधन गर्दै आसिफ शेखको व्यहोरा सम्बन्धी जानकारी विषय उल्लेख गरेर निवेदन लेखेको देख्न सकिन्छ । निवेदनको अन्तिममा नाम र मोबाइल नम्बरसमेत लेखिएको छ ।
आइतबार बेलुका आएका आशिफ शेख विरुद्धका यौन दुर्ववहारका समाचार र निवेदनका विषयमा महानगरीय प्रहरी वृत्त कालिमाटी प्रमुख डिएसपी नरहरी अधिकारीसँग बुझ्दा उनले त्यस्तो कुनै निवेदन लिएर कोही आफ्नो वृत्तमा नआएको सेतो खबरलाई जानकारी दिए । उनले आफुले पनि सामाजिक सञ्जालमै समाचारमा देखेता पनि आफ्नोमा कोहि नआएको भन्दै कसैले भ्रम फैलाउने नियतले गरेको हुनसक्ने बताए ।
यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि शेखविरुद्धको भनिएको उजुरबाजुर केही नआएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले सेतो खबरलाई जानकारी दिए । उनले अहिलेसम्म परिसर, कुनै वृत्त, महिला सेलमा जाहेरी नपरेको बताए । “घटना के कसो भन्दा पनि जाहेरी परेको छैन कतै पनि,” प्रवक्ता ढुंगेलले भने, “परिसर, कुनै वृत्त, महिला सेलमा कतै जाहेरी परेको छैन ।”
हल्ला मात्र हो वा के हो जानकारी नभएको उनले बताए । आफुले जाहेरी आएपछी प्रक्रिया अगाडी बढाउनसक्ने भन्दै अहिलेसम्म केही नआएको तर हल्ला मात्र सुनिएकाले त्यसैलाई आधिकारिक मान्न नसकिने एसपी ढुंगेलले बताए ।
जबर्जस्ती करणीकै आरोपमा कृकेटर सन्दीप लामिछाने कारागार बसेर उच्च अदालत पाटनको फैसलाले गत वर्षको पुस २९ गते २० लाख धरौटीमा छुटेका थिए । कृकेट प्रेमी र समर्थकहरुले फेरि अर्को खेलाडीलाई फसाउन खोजिएको भन्दै गालीगलौज गरिरहेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा