सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १५ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।
समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रमको प्रचार गर्ने मान्छे कहिल्यै पनि सफल नहुने बताए ।
महासचिव विप्लवले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियकरण सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुपर्ने बताए ।
महासचिव विप्लवले संसदलाई क्रान्तिको साधनको संज्ञा दिदै देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चाहरु मिलेर जानुपर्ने बताए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा