सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ६ भाद्र । देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन । आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर १५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म पाँचदिनमा ८३० जना संक्रमित बिरामी थपिएका थिए । कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक आउनेमध्ये ३० देखि ३५ प्रतिशतमा भाइरल कन्जन्टीभाइटीस् देखिइरहेको छ ।
संक्रमण केही मत्थर भएजस्तो देखिए पनि उल्लेखनीय रूपमा नघटेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् ।
यो दर अघिल्लो साता ५० प्रतिशतभन्दा माथि थियो । तर, अहिले पनि विद्यालय उमेरका बालबालिका, युवा तथा एकै परिवारका धेरैजना सदस्य संक्रमित भएका केसहरू देखिइरहेको डा. वैद्यले बताए ।
डा. वैद्यका अनुसार सामान्यतया भाइरल कन्जन्टीभाइटीस् संक्रमितबाट पाँचदिनसम्म अरुलाई सर्ने जोखिम रहन्छ । औषधि सुरु गरेको भएपनि पाँचदिनसम्म संक्रमितबाट अरुमा सर्ने सम्भावना रहने उनको भनाइ छ ।
चिकित्सकका अनुसार भाइरल कन्जन्टीभाइटीस्को लक्षण हराए पनि दुई सातासम्म नियमित औषधि प्रयोग गर्नुपर्छ । कन्जन्टीभाइटीस्को शंका लागेमा जथाभावी औषधि नलगाइ विशेषज्ञ कहाँ पुग्न चिकित्सकको सुझाव छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा