सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ४ भाद्र । कोशी प्रदेश सभा बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले गर्ने भएका छन् । मुख्यमन्त्री उद्धव थापाले सभामा विश्वास लिन आज बोलाइएको बैठकमा उपसभामुख उपस्थित नभएपछि अन्यौला छाएपनि अध्यक्षमण्डलका मन्सुरीको अध्यक्षतामा बैठक बस्ने तय भएको हो ।
बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय गरिएको जनाइएको छ ।
प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बैठक दिउँसो १ बजेका लागि तय भएको भएपनि पौने ३ सम्म सुरु भने हुन नसकेको बताए ।
उनले जारी गरेको कार्यसूचीमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ (४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री माननीय उद्धव थापाले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने ।’
श्रोतका अनुसार मन्सुरीको अध्यक्षतामा बैठक भएता पनि उनले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिनेछन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा