सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, काठमाडौं, १ भाद्र । धरानमा गोरु काटेर भोज गर्दै गर्दाको भिडियो केही दिनअघि देखि सामाजिक सञ्जालमा भाइरल भएको छ । चार दिन अघि धरान उपमहानगरपालिका–११ को मंङ्गलबारेमा नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद्, आदिवासी जनजातिको अधिकारको पक्षमा कार्यरत संघसंस्था, क्रिश्चियन धर्मका प्रतिनिधिहरुको सहभागितामा भएको भोजले सामाजिक, धार्मिक सहिष्णुता खलबलिने काम भएको भन्दै व्यापक विरोधसमेत भइरहेको छ ।
नेपालको संविधानले नै गाई गोरु काट्न नहुने उल्लेख गरेको भन्दै यस्ता हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विरोध भइरहेको छ । भोजको भिडियोमा गाई गोरुको मासु खान संविधान नै संशोधन गर्नुपर्ने नत्र पाप लाग्ने भन्दै रमाइरहेको दृश्यले हिन्दु धर्ममाथि बाह्य तत्वले प्रहार गरिरहेको धार्मिक अभियन्ताहरुले बताइरहेका छन् ।
यता ईलाका प्रहरी कार्यालय धरानका प्रमुख नवराज मल्लले गोरुको मासु काटेर खाएको स्थानमा प्रहरी जाँदा केही नदेखिएको जानकारी दिदै यो विषयमा अनुसन्धान भइरहेको बताए । उनले कहाँ, कसले काटेको हो र को को सहभागी थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र प्रमाणसहित केही भेटिए कानुन बमोजिम कारबाही हुने बताए ।
सामाजिक सञ्जालमा भाइरल भएअनुसार गोरुको मासु होकि हैन भन्नेमा अहिले प्रहरीले बुझिरहेको र त्यसपछि अन्य कुराहरु बुझ्दै जाने बताउदै डिएसपी मल्लले कारबाहीका लागि गोरुकै मासु भेटिनुपर्ने नभए खाएकाहरुले स्विकार्नुपर्ने बताए । “गोरु काटेर भोज भोज भएको भन्ने जानकारी पछि घटनास्थलमा जादा केही भेटिएको छैन तर पनि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकै छ,” उनले भने, “कसले, किन, कहाँ भन्दा पनि त्यो गोरुको मासु होकि होइन भन्ने निश्चय गरेर बाँकी अनुसन्धान हुन्छ र कारबाही प्रक्रिया अगाडी बढ्छ ।”
प्रमाण नभेटिएपनि केस कहिलै नसकिने झन अनुसन्धानको दायरा फराकिलो हुँदै जाने बताउदै उनले कानुन विपरित काम गरेको भए एक न एक दिन अवश्य कारबाही हुने दाबीसमेत गरे ।
यस्तै धरान उपमहानगरपालिकाका प्रवक्ता सुर्य बहादुर भट्टराई (मनोज) ले आफुले पनि सामाजिक सञ्जालबाटै थाहा पाएको भन्दै उपमहानगरपालिकाको कार्यालयमा आधिकारिक रुपमा कुनै छलफल वा कुरा नभएको बताए । यो विषयमा व्यक्तिगत रुपमा केही भन्नूभन्दा पनि मेयरसंगै धारणा लिन आग्रह गर्दै यस्ता घटनाले सामाजिक, धार्मिक सहिष्णुता कायम नहुने बताए ।
उनले आफ्नो जाती, धर्मले दिन्छ भने आफ्नो किसिमले जे को मासु खाए पनि हुने भन्दै तर प्रचारप्रसार गरेर अरुलाई असर पर्ने गरि यस्ता काम गर्न नहुने बताए । “गोरुको मासु खाएको भन्ने कुरा मैले पनि सामाजिक सञ्जालबाटै थाहा पाएको हो, यो विषयमा कार्यालयमा खासै केही कुरा भएको छैन,” उनले भने, “जाती, धर्मले मिल्छ भने जे को मासु खान पनि मिल्यो आफू हिसाबले तर यसरी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दा धार्मिक सहिष्णुता कायम हुँदैन ।”
मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ अर्न्तगत पशुपन्छी सम्बन्धी कसूरको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुदैन भनी उल्लेख छ । उपदफा २ मा उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने उल्लेख छ भने उपदफा ३ मा गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनी उल्लेख गरिएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा