सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री थापालाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा