सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ६ असार । मङ्गलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान साँढे ९ बजेदेखि धनगढी रङ्गशालामा राखिएको छ ।
मन्त्री सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।
मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नंको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा