सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौडा, १० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो।
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले घोषणा गरे। प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित थिए ।
११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा