सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ४ फागुन । नुवाकोटमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
डिएसपी खड्काका अनुसार २ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पतालमा मृत्यु भएको हो । डिएसपी खड्काले मृत्यु हुनेमा बिदुर नगरपालिका–६ का ६८ वर्षीय राम प्रसाद अर्याल, सोही नगरपालिका–३ का बाबुराम दर्जी नेपाली रहेको र अस्पतालमा मृत्यु हुनेको सनाखत भइनसकेको
दुर्घटनामा २३ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । बसमा कति सवार थिए भन्ने जानकारी भइनसकेको डिएसपी खड्काले बताए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा