सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, २७ माघ । केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय टीकापुर सरुवा भएका प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाट कार्यभार सम्हालेकै दिनदेखि सक्रिय देखिएका छन् ।
बुधबार साँझ टीकापुर पुगेका उनी बिहिवार देखि वातावरण बुझ्ने र केही सचेतनाका कार्यक्रम सञ्चालन गर्ने काममा व्यस्त छन् ।
शुक्रबार मात्र टीकापुर बजारभित्र सञ्चालित एक सय २० भन्दा अटो चालकहरुको उपस्थितिमा डिएसपी भाट र अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरको संयुक्त टोलीले लागु पदार्थ दुर्व्यसनी, चोरी नियन्त्रण तथा ट्राफिक सचेतना र सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको बारेमा छलफल तथा सचेतना कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
डिएसपी भाटले आफ्नो अनुभव र क्षमताले भ्याएसम्म आफ्नो मातहतभित्र शान्ती सुव्यवस्था कायम गर्दै अपराधीक क्रियाकलाप, लागूऔषध न्यूनीकरण, हत्याहिंसा, चोरीतस्करी जस्ता क्रियाकलाप निस्तेज पार्ने बताउदै सबै क्षेत्रका व्यक्तिहरु, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थाहरु र आमनागरिकहरुलाई सहयोग गर्न आग्रहसमेत गरे ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा