सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु यतिबेला काठमाडौंमै छन् । उता प्रदेश सभामा आज मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यक्रम बेलुका ४ बजेका लागि सारिएको छ ।
आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सरकारले कुनै पहल नगरेकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा रहेको नाउपाले वार्ताले ठोस निर्णय लिए काठमाडौंबाट धनगढी पुग्न एक घण्टा नलाग्ने बताएको छ ।
नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले वार्ता भइराखे पनि त्यसले ठोस निर्णय दिन नसकेकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको बताए । उनले यदि वार्ताले ठोस निर्णय दिए धनगढी एक घण्टामै पुग्नेसमेत जानकारी दिए ।
“वार्ता नभएको हैन भइरहेकै छ तर त्यसले ठोस निर्णय दिन सकेको छैन,” उनले भने, “हाम्रा माग मुद्दा सम्बोधन गर्न सरकार पहल नै नगरेकाले मुख्यमन्त्री आफैले दुख पाउनुपरेको हो, यदि सरकारपक्षले उपलब्धिमूलक निर्णय गरे यहाँदेखि धनगढी पुग्न कति नै समय लाग्छ र एक घण्टा न हो ।”
सुदूरपश्चिम प्रदेश सभाको बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म चारपटक सरिसकेको छ । प्रदेशमा एकल बहुमत कसैसँग नभएकाले नाउपा नै निर्णायक बन्दिदा मुख्यमन्त्री संकटमा परेका हुन् । उनले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्थाअनुरुप ठुलो दलका हैसियतले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहलाई सभामुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
बेलुका ४ बजे बोलाइएको बैठक भित्र कुनै नाटकीय फेरबदल नभएको मुख्यमन्त्री रावलको पद जाने निश्चय भएको छ । नाउपाकै ७ प्रदेश सभा सदस्यसहित एमालेका १०, माओवादीका सभामुखबाहेक १०, राप्रपाका एक प्रदेश सभा सदस्यको समर्थनमा पुस २७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संविधानको धारा २ कै उपधारा ३ मा व्यवस्था छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा