सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने सम्बन्धी आज कुनै छलफल नभएको जानकारी दिएको छ ।
पार्टीका संसदीय दलका सचेतक गंगाराम चौधरीले पार्टी भित्र र अन्य पार्टीसंग मुख्यमन्त्री रावललाई विश्वासको मत दिने विषयमा बुधबार कुनै छलफल, बैठक नभएको जानकारी दिएका छन् ।
उनले आफ्ना माग, मुद्दा सम्बोधन नभए मत नदिने मंगलबारको छलफलको अन्तिम निर्णय नै यथावत रहेको बताउदै टीकापुर घटनाका आरोपी रेशम चौधरी लगायत कारागारमा रहेका राजबन्दीहरुलाई रिहाइ गर्ने सरकारको आश्वासन मात्र भएकाले पार्टी अब लचिलो नबन्ने दाबी गरेका छन् ।
सेतो खबरसँगको कुराकानीमा सचेतक चौधरीले सरकार आफ्ना माग सम्बोधनका पहलकदमी देखाएको खण्डमा मत दिन सकिने अन्यथा अब आफू सहभागी सबै प्रदेश र संघमा दिएको समर्थन फिर्ता बताए ।
बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेता पनि उन्मुक्ति पार्टीको अडानकै कारण उक्त कार्यक्रम बिहीवारका लागि सारिएको भएता पनि यसले कुनै प्रभाव नपर्ने देखिएको छ ।
नेकपा एमालेका सुदूरपश्चिम इन्जार्च लेखराज भट्टले भने राजनीतिमा असम्भव केही पनि नहुने भन्दै आज विश्वासको मत नदिने भए भोलि दिने दाबी गरे । उनले उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा ढुक्क रहेको समेत दाबी गरे ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा