सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठसँग छलफल गर्न मंगलबार काठमाडौं आएका उक्त पार्टीका प्रदेश सभा सदस्य काठमाडौंबाट नफर्किएपछी मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने निश्चय भएको छ ।
रेशम चौधरी र अरुण चौधरीको रिहाइको माग गरिरहेको पार्टीले माग पूरा नभएसम्म मत नदिने अडान कायम राखेको छ । उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले माग पूरा नभएकै कारण मुख्यमन्त्री संकटमा परेको बताए । उनले आफ्नै कारण मत नपाउने निश्चित भएको दाबी गरे ।
“उहाँहरुले समय माग्नुभएको थियो, हामीले समय दिएकै हो तर हाम्रा माग पूरा गर्नतर्फ ध्यान नदिएकै कारण विश्वासको मत नदिने निर्णय गरेका हौं,” उनले भने, “आफ्नै कारण उहाँहरु समस्यामा पर्नुभएको हो, यदि हाम्रा माग पूरा भए तुरुन्तै फर्किन्छौं र मत दिन्छौं ।”
बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । सोही क्रममा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । गत पुस २७ गते एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नाउपाका ७ र राप्रपाका १ प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षीमा कांग्रेसका १९, समाजवादीका ४ र स्वतन्त्र १ गरि २४ जना प्रदेश सभा सदस्य छन् । रावललाई मुख्यमन्त्री पद जोगाउन २७ जना प्रदेश सभा सदस्यको मत चाहिएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा