सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २० माघ । परिवारका सदस्यलाई जानकारी नदिइकन घरबाट निस्किएका भक्तपुर सूर्यविनायकका महेन्द्र न्यौपाने एक वर्ष बितिसक्दा पनि सक्पर्कमा आएका छैनन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय न्यौपानेको खोजी जारी राखे पनि अझै भेटिएका छैनन् ।
दाजु नगेन्द्र न्यौपानेका अनुसार महेन्द्र २०७८ पुस २९ गते दिउँसो १ बजे सूर्यविनायकस्थित आफ्नै निवासबाट निस्किएका थिए । त्यसपछि घर नफर्किएका न्यौपानेको खोजीका लागि परिवारका सदस्यहरूले प्रहरीलाई आग्रह गरेका थिए ।
परिवारका अनुसार गहुँगोरो वर्णका न्यौपाने घर छाड्नुअघिसम्म बाक्लो दाह्री पालेका थिए । उनको खोजीका लागि भक्तपुरका विभिन्न स्थानसहित काठमाडौं बाहिर पुगे पनि अहिलेसम्म भेट्न नसकेको परिवारले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा