सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २० माघ । पूर्व मन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रभु साहको टिमबाट चौधरी रौतहट क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साह एमाले पार्टीको टिकट पाकेटमा राखेर प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएपछि उनीसँगै कुन्दन कुश्वाहाले पनि एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रभु साहको समर्थन पाएका प्रदेश सांसदका स्वतन्त्र उम्मेदवार केशव राय चौधरी निर्वाचित भएका थिए भने अर्का स्वतन्त्र उम्मेदवार कुन्दन कुश्वाहा पराजित भएका थिए । निर्वाचन पछि प्रभु साहले गठन गरेको आमजनता पार्टीमा कुश्वाहालाई विभागीय संगठन प्रमुखको जिम्मेवारी दिइएको थियो भने चौधरी पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा