सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लामो संघर्षपछि हासिल भएको गणतन्त्रले देश उभोगतितर्फ लम्किएला, जनताले प्रत्यक्ष जननिर्वाचित जनप्रतिनिधि पाएपछि विकासका मुहान फुट्लान र आमूल परिवर्तन आउला भन्ने जुन आशा र सपना थियो त्यो साकार हुनुको साटो हराएको छ ।
लोकतान्त्रिक गणतन्त्र पछि देशमा तीनपटक निर्वाचन भएर जनताले सयौं जनप्रतिनिधि संसद भवनमा पठाए केही आशासहित । तर जति आशा थियो त्यो पूरा हुन नसकेको जनताले अहिले आभास गरिरहेका छन् । जसका ज्वलन्त उदाहरण स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदार हुँदै निर्वाचित काठमाडौंका बालेन शाह, धरानका हर्क साम्पाङ, धनगढीका गोपाल हमाल हुन भन्दा फरक पर्दैन ।
बहुदलीय व्यवस्थामा विश्वास गरेर २०४६ देखि २०६२/०६३ सम्मको जनआन्दोलन, १० वर्षे सशस्त्र माओवादी आन्दोलनमा लाखौं जनता यत्तिकै पक्कै होमिएका थिएनन् । हजारौं जनताले व्यर्थमा बलिदान दिएका थिएनन्, लाखौं जनता बिना सपना अंगभंग, बेघर, बेपत्ता भएका थिएनन् । उनीहरुको एकमात्र चाहना, सपना आशा भनेको देश विकासको बाटोमा लम्कियोस, जनताले शान्तिले बाच्न पाउन र नेपाल सधैं नेपाल रहिरहोस भन्ने थियो । तर उनीहरुको बलिदान विपरीत कहिले संविधानका नाममा मान्छे मरे, कहिले पश्चिमको टनकपुर, पूर्वको पानीटंकी बेचियो त कहिले भएका संरचनाहरुसमेत ध्वस्त गरियो ।
२०६४ मा माओवादी चुने जनताले संविधानका लागि तर पूरा भएन, २०७० मा नेपाली काङ्ग्रेस चुने संविधान, विकास र सहज जीविकोपार्जनका लागि तर संविधान त बन्यो तर आफ्नो स्वार्थका लागि ठुलाबडाले उल्लंघन गर्न मिल्ने, सानाले सधैं सास्ती खेप्नुपर्ने, २०७४ मा माओवादी-एमाले एकबद्ध नेकपा रोजे, संविधान कार्यान्वयन, केही अधिकार परिपुर्ति र सहज जीविकोपार्जन तर यसले न संविधान कार्यान्वयन नै गर्न सक्यो न सबैलाई समान अधिकार दिन सक्यो । उल्टै स्वार्थले भएको एकबद्धता टुट्यो अनि देश अझै संकटतर्फ लम्कियो ।
यति राजनीतिक खिचातानीमा देश परिरहँदा केही जनता भने जागिसकेका छन जसको उदाहरण माथी उल्लेखित गरिसकिया छ । पार्टीको विकल्प जनताले स्वतन्त्र नै रोज्न बाध्य हुनुपरेको छर्लङ्ग छ । अझै पनि नेपालमा ७० नाघेका युवा नेताले ४र५ बर्षे योजना सुनाएर जनतालाई फेरि उल्लु बनाउन छाडेका छैनन् । अलि शिक्षित ठाउँका जनता त अब यस्ता बकवास योजना सुनाउनेलाई लखेट्न बेर लाउने छैनन् तर अब जाग्ने पालो अन्य सबै नेपालीको हो जो अझै चुनावी मासुभात, मद्यपान र केही पैसाले आफुलाई बर्षौंदेखि धोका दिइरहेका नेताहरुलाई साथ दिइरहेका छन् ।
चोकहरुका चिया पसलमा देश बनेन, नेता राम्रा भएनन्, अपेक्षित विकास भएन भनेर राजनीतिक दल र तिनका शिर्ष नेताहरुलाई गाली गरिरहने जनताले मतदान गर्ने दिन स्वविवेकले जनप्रतिनिधि छान्नुपर्छ भन्ने बुद्धि आएको दिन मात्र देश परिवर्तनको बाटोमा लम्किनेछ ।
स्वरोजगार हुन्छ, सबै ठाउँमा समान विकास हुन्छ देखि कहिले रेल, पानीजहाज, घरघरमा ग्यासको व्यवस्थासम्म बकम्फुसे प्रतिबद्धताले जनतालाई थकित त पारेको छ नै अब त आक्रोशितसमेत पार्न थालेको छ । स्वरोजगार त परको कुरा यहाँ आफ्नै ठाउँमा केही गरौं भने सरकारले न केही सहयोग गर्छ न सहजता दिन्छ, बैंकबाट आज निकालेको ऋणको ब्याज २ महिनामै लाखौं पुग्छ एक्कासी, त्यसैको मारले आज दैनिक हजारौ युवाहरु बिदेशिदै छन्, सायद नेपालमा भएका युवाभन्दा बढी विदेशका विभिन्न मुलुकमा पसिना बगाइरहेका छन् । जनताले नै जिताएर संसदसम्म पुगाएर सम्पन्न बनाएका जनप्रतिनिधिले इमानदारिताका साथ ती युवालाई देशमै पसिना बगाउने योजना र वातावरणको व्यवस्था गर्दिएको भए आज देशले छलाङ माथ्र्यो । त्यस्तै समान विकासको कुरा गर्दा काठमाडौं, पोखरा, चितवनमा भएको विकास न सुदूरपश्चिमको दार्चुलामा पुग्यो न पुर्वको ताप्लेजुङमा पुग्यो । अनि कसरी समान विकास भयो ? अब सबै जनताले यसलाई बुझ्ने वा नबुझ्ने, उनीहरुकै हातको औंलामा भरपर्छ ।
राजनीतिक स्वार्थका लागि कहिले कम्युनिस्ट गठबन्धन, कहिले विचारले फरक भएपनी स्वार्थ हेतु फरक धारमा उभिएकासँग गठबन्धन, कहिले टाउको काटेर ल्याए पुरस्कार, कहिले उसैसँग टाउको जोडाजोड, कहिले गाली र कटाक्षको वर्षा, कहिले मायाप्रेमको चर्चा यी सबै आफ्ना व्यक्तिगत, राजनीतिक स्वार्थका लागि नभएर जनताका लागि हुन भन्नू नै देशप्रति गद्दारी र अन्याय हो । आफ्ना पारिवारिक सदस्यहरुको विकासमा सिमीत नेता, कार्यकर्तालाई वहिष्कार गर्नसके देशले शान्तिको श्वास फेर्ला ।
यति भनिरहदा सबैलाई एउटै खाल्डोमा हाल्न मिल्दैन । केही देशका लागि पनि बोलिरहेकै छन् तर औंलामा गन्न मिल्नेहरु । देशमा केही विकासहरु नभएका हैनन् त्यसभित्र भ्रष्टाचार, कमिसन कति छ त्यो औंल्याउनै सकिँदैन । इमान्दारी विकास भएकै छैनन् । एउटा कल्भर्ट बन्न वर्षदिन यत्तिकै लाग्दैन अनि के विकास भन्नू ? हिलाम्य, खाल्डाखुल्डी भएका सडकको मर्मतसम्भार तब हुन्छ जब त्यहाँ १०–१२ जनाले ज्यान गुमाउदैनन् अनि के विकास भन्नू । स्वार्थ परिपुर्ति गर्न जनताको आँखामा छारो हाल्ने कामलाई विकास भन्न नसकिने बुद्धिजीवीहरुले भन्दै नआएका हैनन् ।
राजनीतिक खिचातानीमै अझै देश केही वर्ष रहिरहे पनि जनताले परिवर्तन चाहिरहेका अवस्थामा छिट्टै यी सबैलाई एक एक गरि बहिष्कार, बहिर्गमन गर्ने दिन आउनेछ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा