सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ भाद्र । महिना दिन अगाडिको मात्र घटना हो काठमाडौंको नगर प्रहरीले फुटपाथ बजार हटाउने क्रममा एक मकै पोलिरहेका ठेला व्यापारीका सामान फ्याक्दै ठेला गाडीमा हालेको दृश्य सामाजिक सञ्जालमा भाइरल नै बन्यो । त्यसपछि यो घटना धेरै दिनसम्म चर्चामै रह्यो । सामान्य नागरिकले ठेलामा मकै बेच्न पनि नपाउने, नेताले देश बेचे पनि केही नहुने भन्दै विरोध पनि भयो ।
पछिल्लो समय काठमाडौं महानगरले नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाएको छ । पैदलयात्रीलाई हिडडुलमा असहज भएको र भिडभाड धेरै हुने गरेको भन्दै फुटपाथ बजार हटाइयो तर पनि महानगरको उद्देश्य पूरा हुन सकेन ।
नयाँ बानेश्वरमा जहाँ पहिले फुटपाथ बजार लाग्थ्यो त्यो हटाइसकेपछी अहिले त्यहाँ मोटरसाइकल पार्किङ गरिदै आएको छ । पैदलयात्रीलाई हिड्न भनेर छुट्याइएको फुटपाथमा मोटरसाइकल पार्किङ मात्र हैन मोटरसाइकल नै आवतजावत गर्छन् तर यसतर्फ कसैको ध्यान गएको देखिदैन जसले झनै असहज भएको पैदलयात्री बताउछन् । “महानगरले फुटपाथ बजार हटायो, राम्रो काम हो तर यहाँ अहिले जसरी लस्करै मोटरसाइकल पार्किङ गरिएको छ यो र फुटपाथ बजारमा के फरक भयो र,” आइतबार बेलुका बानेश्वरको फुटपाथमा हिड्दै गरेका प्रेम साउदले भने, “फुटपाथ बजार हटाएर यसरी अव्यवस्थित पार्किङ गर्दा पनि पैदलयात्री मर्कामै पर्ने त हुन ।”
यो विषयमा काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरसँग बुझ्दा उनले नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाइएको बताउदै कतै पनि मोटरसाइकल पार्किङ नगरिएको बताए । उनले भने,”नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाइएको हो । नयाँ बानेश्वरमा फुटपाथमै मोटरसाइकल पार्किङ गरिएको छैन, एकदुई जनाले गरेको भए अलग कुरा हो ।”
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा